मकवानपुर। मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट एकिकृत समाजबादीका मिना कुमारी लामा र उपमेयरमा नेपाली काग्रेसका राजेश बानियाँ विजयी भएका छन् । मेयर लामाले नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेललाई पराजित गर्दै बिजयी हुनु भएको हो । यसैगरी उपमेयरका उम्मेदवार बानियाँले नेकपा एमालेका उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेलाई पराजीत गर्दै विजयी हुनु भएको हो । शुक्रबार बेलुकी आएको अन्तिम मतपरिणाम अनुसार लामा विजयी हुँदै लामाले हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रचेकी हुन् । उनले नेकपा एमालेका अनन्त पौडेललाई पराजित गरेकी छिन् । थप यता
हेटौंडा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर-१३ को वडाध्यक्षमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन्। उनले कांग्रेस सहितको गठबन्धनका उम्मेदवार आइमाना सिं मोक्तानलाई पराजित गरेका हुन। लामाले १३१५ मत प्राप्त गर्दा आइमानले १२२४ मत प्राप्त गरेका थप यता
मकवानपुर।हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा नेकपा माओवादीका ललित घलान अध्यक्षमा निर्वाचित भएका छन् ।हेटौंडामा माओवादी केन्द्रबाट घलान एक मात्र वडाध्यक्ष भएका छन् । उनले कूल खसेको मतमध्ये १ हजार ३ सय ७१ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार अर्जुन तिवारीले १ हजार ३ सय ४० मत प्राप्त प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार २ सय १६ मत प्राप्त गरेका छन् । हेटौंडा १२ मा ४ हजार ५ सय २५ मत खसेको थियो । यस वडामा तीन उम्मेदवाहरुबीच रोचक तथा कडा प्रतिस्पर्धा चलेको थियो । अझ पछिल्लो पटक त कांग्रेस र माओवादी केन्द्रबीच रोचक थप यता