मकवानपुर प्रहरीले मकवानपुरको कैलाशमा हिरा लुटपाटमा संलग्नलाई सार्वजनिक गरेको छ । मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्न भन्दै ३ प्रहरी सहित एक जना पत्रकार पुगेका थिए । उनीहरुले आईतबार राती हिरा लुटपाट गरेका थिए ।उक्त जानकारी पछि ईलाका प्रहरी कार्यालय पालुङ उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरुले पेस्तोल देखाएर हिरा लुटपाट गरेका थिए ।पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय –२ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ बर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार बताइएको छ भने अन्य प्रहरी हुन् । प्रहरीले उनीहरूको साथबाट हिरा जस्तै देखिने एउटा सेतो टल्किने पथ्थर एकथान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)