कन्चनपुरमा १५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षिय वृध्द पक्राउ

९ बैशाख २०७७, मंगलवार ०५:५३ प्रकाशित
४५२ पटक पढिएको

कञ्चनपुर । १५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाका ६८ वर्षीय तारादत्त ओझा पक्राउ परेका छन ओझालाई शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाटै नियन्त्रणमा लिएको हो ।
ओझाले वैशाख २ गते छिमेकी १५ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको प्रहरीले जनाएको छ । ओझालाई म्याद थपका लागि आइतबार जिल्ला अदालत पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलले बताए । नाताले ती वृद्ध पिडित बालिकाको फुपाजु हुन् ।
१५ वर्षिय पीडित बालिकाका परिवारले घटनाबारे बलात्कार गरेको दिन नै जानकारी पाएको थियो तर स्थानीयका अनुसार वृद्धले जमिन र पैसाको प्रलोभन देखाएर घटना ढाकछोप गर्न खोजेका थिए तर उक्त कुरा गाउँमा फैलिएपछि शनिबार मात्रै प्रहरीकहाँ पुगेको र ओझालाई पक्राउ गरेको हो ।

९ बैशाख २०७७, मंगलवार ०५:५३  मा प्रकाशित

Write your Comment