नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २९४

२९ असार २०७७, सोमबार १९:२४ प्रकाशित
४४१ पटक पढिएको

नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १० हजार नाघेको हो ।
मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ८९ हजार ३७१ परीक्षणहरु गरिएका छन् । यस्तै, २४ घण्टामा ५ हजार ८५६ परीक्षण भएका छन् ।
हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या २३ हजार ४७० जना छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार ६१३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२९ असार २०७७, सोमबार १९:२४  मा प्रकाशित

Write your Comment