नेपालमा थपिए आज ३१५ जना कोरोना सङ्क्रमित

१७ श्रावण २०७७, शनिबार २०:०१ प्रकाशित
५१५ पटक पढिएको

नेपालमा पछिल्लो २४ घण्टा भित्र थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
आज शनिबारसम्म देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् भने कुल निको हुनेको संख्या १४ हजार ४९२ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ|

१७ श्रावण २०७७, शनिबार २०:०१  मा प्रकाशित

Write your Comment