हेटौडा १५ की सिताले जन्माइन ५ किलोको बच्चा

२७ श्रावण २०७७, मंगलवार ११:१५ प्रकाशित
७११ पटक पढिएको

मकवानपुर : मकवानपुरकी १ महिलाले ५ किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई साबिक हाल हेटौंडा उपमहानगरपालिका १५ रतोमाटे सुकौली घर भएकी ३० वर्षीया सीता लोप्चन डिम्डुङ ले सोमबार ५ किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो ।
लोप्चनले आज बिहान ९ बजे छोरी जन्माएकी हुन् । आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए ।
भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा.रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताए ।
४ किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उनको भनाइ छ । लोप्चनको डा बन्दना खनाल,डा.प्रेक्षा सिंह,डा.वसन्त शर्मा,डा.इन्द्रनारायण श्रेष्ठ, डा.मेनुका ताम्राकारसहितको टोलीले शल्यक्रियामार्फत बच्चा निकालेको हो । आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको मेडिकल कलेजले जनाएको छ ।

२७ श्रावण २०७७, मंगलवार ११:१५  मा प्रकाशित

Write your Comment