नेकपा हेटौंडा-१५ का वडा कमिटी अध्यक्ष दिपेश थिङ्ले गरे बाटो मर्मत कार्यमा सहयोग https://nepalikosamachar.com/2020/09/05/894/

२० भाद्र २०७७, शनिबार १३:१३ प्रकाशित
६०० पटक पढिएको

मकवानपुर । हेटौंडा उपमहानगरपालिका – १५ का नेकपाका वडा कमिटी अध्यक्ष दिपेश थिङले १५ नम्बर वडा अन्तर्गत रातोमाटे ठूलो सुकौली क्षेत्रमा बाटो मर्मत तथा सरसफाईमा सहयोग गरेको छ । शुक्रबार उनले आफ्नो नीजि मेशिन एकाभेटर प्रयोग गरेर ठूलो सुकौली गुम्बा चोकदेखि पिस पार्क हुँदै शान्ति चोकसम्मको बाटो मर्मत सम्भार गरिएको हो ।
स्थानिय टोलबासीहरुलाई हिँड्डुल तथा सवारी साधन आवत जावत गर्न असहज भइरहेको गुनासो आएकाले आफूले सहयोग गरेको थिङले बताए । करिव ४ किमी बाटोमा खाल्डाखुल्डी पुर्ने, माटो सम्याउने र सरसफाई गरिएको छ । मर्मत सम्भारपछि आवत जावतमा स्थानिय टोलबासीलाई सहज भएको स्थानिय राजकुमारले बताए ।
अध्यक्ष थिङले यस्तै अरु समस्या छन भने आफुलाई जानकारि दिन टोलबासीलाई आग्रह गरे । आफूले सकेको सहयोग गरी परेको समस्यामा सहजता दिइने उनको भनाई छ ।
१९ गते शुक्रबार भएको उक्त बाटो मर्मत सम्भार तथा सर्सफाइको कार्यमा स्थानिय जनप्रतिनीधिहरु पातालीमाया गोङबा,कुमारी श्रेष्ठ, टोल विकास वडा समन्वय समितिका अध्यक्ष सिंहबादुर विक लगायतको उपस्थिति थियो ।

२० भाद्र २०७७, शनिबार १३:१३  मा प्रकाशित

Write your Comment