बुहारीलाई करणी गरेको अभियोगमा एक जना पक्राउ

४ आश्विन २०७७, आईतवार १९:५१ प्रकाशित
३१५ पटक पढिएको

भोजपुर । जिल्ला प्रहरी कार्यालय भाेजपुरले बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय पुरुषलाई पक्राउ गरेकाे छ ।
भाेजपुरकाे टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषलाई २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार दिउँसो पक्राउ गरिएकाे केन्द्रीय प्रहरी समाचार कक्षले जनाएकाे छ ।
पक्राउ परेकाे पुरुषले गत साउन १६ गते र भदौ ३१ गते बुहारीलाई जबरजस्ती करणी गरेको पीडीत महिलाले बताएकाे प्रहरीले जनाएकाे छ । यसबारेमा प्रहरीफले थप अनुसन्धान गरिरहेको छ ।outlinesanchar.com बाट

४ आश्विन २०७७, आईतवार १९:५१  मा प्रकाशित

Write your Comment