हेटौंडा -१५ शिखरपानीमा विभिन्न पार्टी परित्याग गरि ४५ जना जसपामा प्रबेश

६ आश्विन २०७७, मंगलवार २०:४५ प्रकाशित
६१८ पटक पढिएको

मकवानपुर।हेटौंडा उपमहानगरपालिका वडा नम्बर- १५ शिखरपानीमा आज जनता समाजवादी पार्टीले पार्टी प्रवेश कार्यक्रम गरेको छ। जसपाका हेटौंडा -१५ नम्बर वडा कमिटी अध्यक्ष हरि रुम्बाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपाका केन्द्रिय नेता डा.धन बहादुर मोक्तानको प्रमुख अतिथि रहेको थियो।कार्यक्रममा आफ्नो मन्तब्य राख्दै मोक्तानले भने अब देशको बिकास गर्ने जिम्मा युवाहरुको काधमा भएकाले आजको यस कार्यक्रममा युवाहरुको लर्को पार्टीमा प्रबेश हुदा आफु निकै खुशी भएको कुरा ब्यक्त गर्नु भयो। जसपाको जिल्ला स्तरका नेताहरु शुभ रत्न गोले,जिवनमान मोक्तान,नवराज मोक्तान लगायतका नेताहरुले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।पार्टि प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि साथै नयाँ जोश र जागरका साथ ४५ जना जसपामा प्रबेश गरेका थिए पार्टीमा प्रबेश सबैलाई प्रमुख अतिथि धन बहादुर मोक्तानले खादा ओडाएर स्वागत गरेको थियो ।कार्यक्रममा जसपाका जुझारु युवा नेताहरु हरि बहादुर पाख्रिन(राजु)राजेन्द्र वाईबा,दिलजले थिङ,सम्झना तामाङ,सिता पाख्रिन लगायतको उपस्थिति रहेको थियो ।

६ आश्विन २०७७, मंगलवार २०:४५  मा प्रकाशित

Write your Comment