मकवानपुर: हेटौंडा उपमहानगरपालिका -१५ नम्बर स्थित कर्णेखोला घट्टे दमारमा आज मङ्गोल नेशनल अर्गनाईजेशन डा: गोपाल गुरुङ संगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोछ।सभाध्यक्ष सुर्य रुम्बा बादलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बाग्मती प्रदेशका युवा प्रमुख मन्दिरा मोक्तान (मङ्गोल)बागमती प्रदेशका युवा योद्धा रोशन (मङ्गोल )र मङ्गोल नेशनल अर्गनाइजेसन संगठनका केन्द्रिय सदस्य पुर्खा राम प्रजा (मङ्गोल) लगायतले प्रशिक्षण सहितको मन्तव्य राख्नु भएको थियो ।मन्तव्य राख्दै मङ्गोल मन्दिराले भन्नु भयो हामी यो देशको जनजाती आदिवासी होइनौ हामी नाक थेप्चो र आखा चिम्से भएका मङ्गोल नै यो देशको मुलवासी हौ।i मङ्गोलको १ करोड ४० लाख वर्ष अघि नेपालको पाल्पा जिल्लाको दोभान,बलिहाङ भन्ने ठाउँ बाट उत्पति भएको विश्व वैज्ञानिकहरुले पत्ता लगाएको कुरा राख्नु भयो ।त्यसै गरि मन्तब्यकै क्रममा मङ्गोल रोशनले थप्नु भयो-हामी मङ्गोल अब आफ्नो हक र अधिकारको लागी अघि सर्नु पर्ने बेला आएको छ हामीलाई धेरै दमन, शोषण र अन्याय भएको छ ।हामीलाई नानाथरि उल्टो सुल्टो कुरामा फसाएर हामीलाई आदिवासी भनि रहेकाछ्न अब हामी चुप लागेर बस्दनौ।हामी नेपालको मुलवासी हौ हामी अहिन्दु दशै बहिस्कार गर्ने मङ्गोल हौ संबिधान जब सम्म हामीलाई मुलवासी भनेर लेख्दैन तब सम्म हामी लडिरहन्छौ संगठनका केन्द्रिय सदस्य पुर्खा राम मङ्गोलले भन्नु भयो।कार्यक्रममा स्थानिय समाज सेवि तथा युवा नेता धर्म पाख्रिन ,शिखरपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्र बहादुर पाख्रिन लगायत ४५ जना युवाहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम जे बि डिम्डुङ्ले सन्चालन गर्नु भएको थियो ।