शुभ विजया दशमी तथा दिपावलीको अवसरमा हेटौंडा -१५ शिखरपानीमा शिखरपानी संयुक्त टोलले आयोजना गरेको फुटबल खेल आज सम्पन्न भएकोछ।गत आसोज २६ गते देखि सुरु भएको उक्त खेलको आज फाइनल खेलमा जिम्बा टोल चित्रेपानी र गौरी शिखर टोल भिडेका थिए।खेलको पहिलो हापटाईम हुनु भन्दा अगाडि नै जिम्बा टोल चित्रेपानीको तर्फबात जर्सि नम्बर २ का खेलाडी मदन मोक्तानले गरेको गोल नै उक्त खेलको निर्नायक गोल भयो।
खेलमा प्रथम भएको टिमले २५ किलो बराबरको खसी र मेडल पुरस्कार प्राप्त गरे भने दोस्रो हुने टिम गौरी शिखर टोलले २० किलो बराबार बोका र मेडल पुरस्कार प्राप्त गरे ।सुबास थिङ्को सभा अध्यक्षतामा भएको उक्त आजको अम्तिम फाईनल खेलमा नेकपाका जिल्ला युवा नेता हेटौंडा हस्पिटलका पुर्ब अध्यक्ष सुनिल मोक्तान, १५ नम्बर वडा सदस्य तथा नगर कार्यपालिका सदस्य पातली माया गोङ्बा लगायत बिभिन्न संघ संस्थाका बुद्धि जिबि तथा समाज सेबिहरुको उपस्थिति रहेको थियो।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)