हास्य टेलिसिरियल ‘सक्किगो नि…’ नेपाल टेलिभिजनबाट प्रसारण नहुने , कहाँबाट हुन्छ प्रसारण?

१६ कार्तिक २०७७, आईतवार १७:३७ प्रकाशित
९७३ पटक पढिएको

हास्य टेलिसिरियल ‘सक्किगो नि…’अब फेरी आगामी २० मंसिरबाट पुनः प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो टेलिसिरियल कोरोना महामारीपछिको लकडाउनसँगै बन्द भएको थियो । पुनः प्रसारण हुन लागेको यो टेलिसिरियल अब भने नेपाल टेलिभिजनबाट प्रसारण हुने छैन ।प्रत्येक साता साढे दुई लाखभन्दा बढी रकम ब्रोडकास्टका लागि तिर्नु नपर्ने भएपछि धेरै सहज हुने घिमिरेको आकलन छ । तर, युट्युबमा भने पुरानै च्यानल ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ ।













‘हामीले हिमालय टेलिभिजनलाई टिभीमा प्रसारणको मात्र अधिकार दिएका हौँ,’ घिमिरेले भने ।
टेलिसिरियलका कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’का अनुसार टेलिसिरियल अब हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । पुरानै कलाकार र पुरानै विषयवस्तुमाथि बन्ने सिरियल प्रसारण गरेको पैसा तिर्न नपर्ने भएपछि हिमालय टेलिभिजनमा गएको घिमिरेले बताए । उनले भने, ‘हरेक शृंखलाका लागि नेपाल टेलिभिजनमा दुई लाख ५५ हजार रुपैयाँ तिर्दै आइरहेका थियौँ । हिमालय टेलिभिजनमा त्यो ब्रोडकास्ट चार्ज तिर्नु नपर्ने भएको छ ।

१६ कार्तिक २०७७, आईतवार १७:३७  मा प्रकाशित

यो पनि पढ्नुहोस:

कति छ आज सुन चाँदीको भाउ ?

Write your Comment