हेटाैंडा उपमहानगरपालिका वडा नं-१५, शिखरपानी स्थित माने डाडालाई संरक्षण गर्नकाे लागि आज शनिबार एक भेला गरि ह्याङला माने गाङ संरक्षण समिति गठन गरेकोछ। शिखरपानी सा व उ समुहका अध्यक्ष श्री चन्द्र बहादुर पाख्रिनकाे अध्यक्षतामा भएको उक्त भेलामा माने डाडालाई सरसफाई तथा संरक्षण गर्नकाे लागि भेला बसेको हो ।समितिले स्थानिय धार्मिक आस्थाका केन्द्रहरुको संरक्षण तथा संस्कारहरुमा सकरात्मक सुधारका लागि जागरण मूलक कार्यक्रमहरु गरिने समाजसेवी दिपेश थिङले जानकारी दिए ।माने डाडालाई स्थानिय पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरिने समेत समाजसेवी थिङले बताए । धेरै वर्ष अगाडी देखि अस्त ब्यस्त अवस्थामा रहेको उक्त माने डाडालाई शिखारपानीकै नमुनाको रुपमा परिवर्तन गर्न समिति गठन गरेको उषा घालनले बताउनु भयो ।
भेलामा अध्यक्षमा भिम पाख्रिन उपाध्यक्षमा लालबहादुर पाख्रिन, सचिव धनराज मोक्तान, कोषाध्यक्ष उषा घलान र सह–सचिवमा सानुकान्छा थिङ चयन भएको छ । साथै भेलामा नगर कार्यपालिका सदस्य पातली माया गाेङ्व।समाजसेवी तथा जुझारु युवा नेता दिपेश थिङ् लगायत बिभिन्न संघ सस्थाका बुद्धिजीबीहरुको उपस्थिति रहेको थियो।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)