रुसले गरे कोरोनाको खोप लगाउन सुरु

२२ मंसिर २०७७, सोमबार ०६:५३ प्रकाशित
६९१ पटक पढिएको

काठमाडौं । रुसले राजधानी मस्काउस्थित सर्वसाधारणमा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरेको छ जसमा सबैभन्दा पहिले उच्च जोखिममा रहेका समुहलाई खोप दिइएको हो । यसमा रुसले अगस्टमा दर्ता भएको आफ्नै देशमा निर्मित ‘स्पट्नीक भी’ खोपको प्रयोग गरेको छ ।
यसअघि स्पट्नीकका निर्माताहरुले यो खोप ९५ प्रतिशत प्रभावकारी साबित भएको दाबी गरेका थिए भने यसको कुनै ठूलो साइड इफेक्ट नभएको पनि बताइएको छ
मस्काउका मेयर सेर्गीले अघिल्लो हप्ता नै यो कार्यक्रमबारे घोषणा गर्दै स्कुल, स्वास्थ्य निकाय र सामाजिक विभागमा कार्यरत शहरका झन्डै १ करोड ३० लाख मानिसलाई खोप लगाइने बताएका थिए ।
यसमा अझ धेरै खोप उपलब्ध भएपछि मानिसहरुको सूची पनि बढाउँदै लग्ने उनले बताएका हुन् । अहिलेका लागि भने अनलाइन दर्ता सेवा मार्फते स्वास्थ्य, शैक्षिक लगायत सामाजिक पेशामा संलग्नहरुले शहरका ७० स्थानमा आफ्नो नाम लेखाउन सक्छन् । यो कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनमा रहने बताइएको छ ।

२२ मंसिर २०७७, सोमबार ०६:५३  मा प्रकाशित

Write your Comment