काठमाडौं । अभिनेत्री श्वेता खड्काको विवाह आज हुँदैछ । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग आज लगनगाँठो कस्न लागेकी हुन् ।
श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत पुष्टि गर्दछ ।
विवाहको निम्तो कार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ । श्वेता र विजयेन्द्रको विवाहको बिषयमा केही महिनायता मिडियामा बिभिन्न समाचार छाउने गरेको थियो । तर, अभिनेत्री श्वेताले भने उक्त समचारमा खन्डन गर्दै आएकी थिइन् ।
फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)