स्वर्गिय रुपशानी डिम्डुङको श्रद्धाञ्जली सभा सम्पन्न

११ पुष २०७७, शनिबार ०१:४४ प्रकाशित
८४४ पटक पढिएको

मकवानपुर
हेटौडा उपमहानगरपालीका वडा नम्बर -१५ शिखरपानी निवासी मृतक रुपशानी डिम्डुङ्को शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।बिगत लामो समय देखि दमको रोग रहेको र गत मङ्सिर २९ गते बिहान एक्कासी दम बढेर बेहोस भएपछि हेटौडाको चुरेहिल हस्पिटलमा उपचारका लागी लादा हस्पिटलका डा.ले मृत्यु भएको घोषणा गरेको थियो।धादिङ जिल्लामा जन्मिनु भएको उहा तेज बहादुर डिम्डुङ्को पत्नि हुनुहुन्थ्यो भने उहाको दुई छोरी लाली डिम्डुङ , राममाया डिम्डुङ साथै दुई छोराहरु जित बहादुर डिम्डुङ र जेबि डिम्डुङ हुनुहुन्छ ।उहाँको जेठो छोरा जेबि डिम्डुङ तरुण दल काग्रेसका युवा नेता हुनुहुन्छ भने डिम्डुङ समाज मकवानपुरका सचिव पनि हुनुहुन्छ।उक्त सभामा डिम्डुङ समाज मकवानपुरले मृतकका परिवारलाई २९,५०० उनान्तिस हजार पाँच सय रुपैया नगद सहयोग हस्तान्तरण गरेको छ।अध्यक्ष डोल्सिङ डिम्डुङ,उपाध्यक्ष फुलमाया डिम्डुङ कोष अध्यक्ष राम बहादुर डिम्डुङ रत्न बहादुर डिम्डुङ जनक लाल डिम्डुङ इन्द्रमान डिम्डुङ हर्क बहादुर डिम्डुङ लगायत स्थानीय बिभिन्न पार्टीका नेताहरु साथै डिम्डुङ समाज मकवानपुरका ५८ घरधुरिका डिम्डुङ बंशहरुको उपस्थिति रहेको थियो।

११ पुष २०७७, शनिबार ०१:४४  मा प्रकाशित

Write your Comment