कलेजोमा समस्या आए कसरि थाहा पाउने ?

७ माघ २०७७, बुधबार १४:४८ प्रकाशित
७५१ पटक पढिएको

यदि कलेजोले काम गर्न छोड्यो भने मानिसको मृत्युसम्म हुन्छ।
त्यसैले कलेको स्वास्थ्यका बारेमा सर्तक हुनु पर्दछ । यदि कलेजोमा समस्या आयो भने शरीरमा निम्न संकेत देखा पर्दछ । जसको कारण कलेजो खराब भएको थाहा पाउन सकिन्छ ।
१. यदि कलेजोमा समस्या आयो भने छाला पहेँलो हुँदै जान्छ । त्यसैगरी, आँखामा समेत पहेँलोपन बढ्दछ । पिसाब पनि पहेँलो हुन्छ ।
२. कलेजोको समस्या बढ्दै गए रगत बान्ता हुन थाल्दछ । बान्तामा रगतको छिर्का देखियो भने कलेजोको समस्या भएको हुनसक्छ ।
३. एकाएक कलेजो अस्वस्थ भयो भने हातगोडा सुन्निन थाल्दछ । पेटभन्दा तल सुन्निएको महसुस हुन्छ । हातगोडा धेरै सुन्निए कलेजो खराब स्थितीमा भएको बुझ्नु पर्दछ ।
४. बिना परिश्रम थकान र कमजोरी भए, निन्द्रा कम लागेमा पनि कलेजोको समस्या हुनसक्छ।
५. खानाको स्वाद थाहा नहुनु, बारम्बार स्वाद फरक लाग्नु, मुखबाट अर्कै गन्ध आएमा समेत कलेजोको समस्या हुनसक्छ ।

७ माघ २०७७, बुधबार १४:४८  मा प्रकाशित

Write your Comment