चट्याङ लागेर मकवापुरगढीमा एक जनाको मृत्यु

१९ बैशाख २०७८, आईतवार २०:३७ प्रकाशित
५२८ पटक पढिएको

मकवानपुर।आज मकवानपुरको गढीगाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।आज दिउसो परेको चट्याङ लागेर गढीगाउँपालिका वडा नम्बर ६ डुम्रेकुना माथिल्लो छाप बस्ने २५ वर्षिय विराज वाईबाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । चट्याङ लागेर बेहोस भएका वाईवाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
वाईबा सहित अन्य २ जना घाईते भएका छन् । घाईते हुनेमा गढी २ छाप बस्ने ४६ वर्षिय बिर बहादुर वाईबा र ५६ बर्षीय बिरवल वाईबा रहेका छन् ।
पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्न गएका उनीहरुलाई चट्याङ लागेको थियो। घाईतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि हेटौंडा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

१९ बैशाख २०७८, आईतवार २०:३७  मा प्रकाशित

Write your Comment