मकवानपुरमा सामरी खोलाले बगाउदा तुलसी माया घलानको मृत्यु

१४ श्रावण २०७८, बिहीबार १५:२० प्रकाशित
३४९ पटक पढिएको

मकवानपुर ।मकवानपुरको सामरी खोलाको किनारमा एक जना महिलाको शव फेला परेको छ।
मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ सामरीखोलाको किनारमा शव भेटिएको हो ।
शव मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ बस्ने ४२ बर्षीया तुलसी माया घलानको रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ दूघ बेचेर घर फर्किने क्रममा उनलाई सामरी खोलामा आएको भेलले बगाएको थियो ।
उक्त शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएकोछ।

१४ श्रावण २०७८, बिहीबार १५:२०  मा प्रकाशित

Write your Comment