आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु र काका पक्राउ

३२ श्रावण २०७८, सोमबार ११:३१ प्रकाशित
२२९ पटक पढिएको

पर्वत जिल्लामा १६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४४ वर्षे बाबु र ३६ वर्षे काका पक्राउ परेका छन् । ललाइफकाई गरि वैशाख २ गते बुबा र साउन २३ मा काकाले बलात्कार गरेका प्रहरीले जनाएको छ । पीडितका दाजुले पर्वत प्रहरीमा गत शनिबार जाहेरी दर्ता गरेका थिए । जाहेरीका आधारमा प्रहरीले दाजुभाइलाई मंगलबार पक्राउ गरेको हो ।
बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाजुले दिएको जाहेरीका आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक एवं पर्वतका प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले बताए ।
अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र काकाकी श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

३२ श्रावण २०७८, सोमबार ११:३१  मा प्रकाशित

Write your Comment