हेटौंडा-१६ का वडा अध्यक्षले गरे विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग

७ भाद्र २०७८, सोमबार १९:५५ प्रकाशित
३६५ पटक पढिएको

मकवानपुर।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्षले सोही वडाका एक विपन्न परिवारलाई घर छाउनको लागि जस्तापाता सहयोग गरेका छन ।
हेटौंडा १६ कि घ्याम्पे निवासी एकल महिला अनिता बिश्वकर्माले आफ्नो घर बनाउदै गर्दा घर छाउन नसकेर घर अधुरो नै रहेको थियो।घरमा छाना छाउन नसक्दा बर्षाको समयमा कठिनाई भोगिरहेको गुनासो आएपछि अध्यक्ष राम कृष्ण कोइरालाले ब्यक्तिगत ३० हजार रुपैयाँ बराबरको जस्ता सहयोग प्रदान गरेको हो।कार्यक्रममा बोल्दै अध्यक्षले आफ्नो वडाका हरेक नागरिक खाना, नाना र छानाको अभावमा बस्न नपर्ने बताए । कार्यक्रममा सहयोगि मन नेपालका अध्यक्ष केदार चौलागाईं, जनप्रीय माबि हटिया का ब्यबस्थापन सदस्य रमेश ढकाल, सदस्य कृष्ण पनेरु,र पिटिए अध्यक्ष गुणराज राना समेतको उपस्थिति रहेको थियो ।

७ भाद्र २०७८, सोमबार १९:५५  मा प्रकाशित

Write your Comment