आमा बद्रिमाया स्याङ्तानको उपचारको लागी सहयोगको अपिल गर्दै छोरा पवन

९ भाद्र २०७८, बुधबार २१:२८ प्रकाशित
२४२ पटक पढिएको

मकवापुर।हेटौडा उपमहानगरपालिका वडा नम्वर -१६ शक्तिखोला निवासी ४९ वर्षिया बद्रि माया स्याङ्तान बिगत १ वर्ष लामो समय देखि दुवै मृगौला फेल भएर जीवन र मृत्युको दोसाधमा छट्पटि रहेकी छिन। हाल किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा उपचार भैरहेको बद्रिमायाको छोरा पवन स्याङ्तान हेटौडा उपमहानगरपालिका -७ मा रहेको श्री चन्द्रदोय माध्यामिक बिध्यालयमा कक्षा १२ मा पढ्दै छन । पवन नेपालीको समाचार संग भन्नु हुन्छ। यति सानै उमेरमा धेरै दुख पाए आमाको उपचारको लागी अब हामी संग एक सुको पनि पैसा छैन देश विदेश बाट अलि अलि सहयोग आइरहेको छ त्यसैले अलि अलि उपचार गर्दै बसेकोछु। जग्गा बेचौ भने जग्गाको पुर्जा छैन। घरमा आमदानीको श्रोत पनि केहि छैन बुवा पनि बेरोजगार हुनुहुन्छ एउटी बहिनी छे भर्खर १० मा पढ्दैछिन । आमाको उपचार गर्छु भनेर गाउँ घरमा माग्दै पनि हिडे तर गाउँ घरमा १०/२० /१०० /५० दिनुहुन्छ । त्यतिले उपचार सम्भब छैन हाल सम्म आठ लाख रुपैया खर्च गैसक्यो तर आमाको अवस्था भने दिन प्रतिदिन जटिल हुदै गाको छ। डाक्टर भन्नु हुन्छ डाइलेसिस मात्र गरेर हुदैन मृगौला नै फेर्नु पर्छ तर हामी संग मृगौला फेर्नलाई पैसा नै छैन।आफ्नो जन्म दिने आमा भन्दा ठुलो अरु केहि हुन्न त्यसैले मेरो आमालाई म सके सम्म बचाउन चाहन्छु त्यसैले तपाई देश विदेशमा रहनु भएका आमा बुवा,दाजु भाई दिदीबहिनीहरु लगायत विभिन्न संघ सस्था,र सम्पूर्णलाई मेरो अनुरोध छ तपाइको थोरै सहयोगले मेरो आमालाई बचाईदिनुस सास भए सम्म आश हुन्छ मेरो आमाले नया जीवन पाउने आशामा तपाईहरु माझ सहयोग माग्दैछु सहयोगको लागी मेरो सम्पर्क नम्बर – छोरा पवन -९८०७२१५१८० / ९८११२१६७४१ बैक खाता नम्बर – ०५८०१११६९१७००००१ कुमारी बैक।

९ भाद्र २०७८, बुधबार २१:२८  मा प्रकाशित

Write your Comment