हेटौडामा खोलाले ट्रक बगाउदा दुई जना बेपत्ता

१८ भाद्र २०७८, शुक्रबार १९:४४ प्रकाशित
१३२ पटक पढिएको

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित कर्रा खोलामा ट्रक खसेको छ।
हेटौंडा –१७ स्थित शिवम् सिमेन्ट उद्योग जाने सडक खण्डमा ट्रक खस्दा २ जना बेपत्ता भएका हुन् । सो सडक खण्डमा पर्ने कर्रा खोलामा बनाईएको स्ल्याबबाट ट्रक पार गराउन खोज्दा ना ४ ख १४४० नम्बरको ट्रक कर्रा खोलामा आएको बाढीले बगाएको थियो । रामेछाप घर भएका चालक बद्री सार्की र काठमाडौं ठेगाना भएका सहचालक गणेशकुमार थापा मगर बढीमा बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको छ ।
खोलाले बगाएको ट्रक नेपाली सेना, नेपाल प्रहरीले एक्साभेटरको सहायताले निकालिएको थियो ।वेपत्ता भएका चालक र सहचालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

१८ भाद्र २०७८, शुक्रबार १९:४४  मा प्रकाशित

Write your Comment