जसपा हेटौंडा -१५ द्वारा स्थानीय खेलाडीहरुलाई फुटबल हस्तान्तरण

२१ भाद्र २०७८, सोमबार २२:०० प्रकाशित
१६७ पटक पढिएको

मकवानपुर।
हेटौंडा उपमहानगर पालिका वडा नम्बर -१५ जनता समाजवादी पार्टी , (जसपा)को वडा कमिटी द्वारा स्थानीय शिखरपानीका खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरेका छन् ।
उक्त फुटबल हस्तान्तरण गर्ने क्रममा जसपा मकवानपुरका नेता , राम बहादुर थिङ (दिलजले) जसपा युवा नेता राजु पाख्रीन , पर्वत स्याङ्बो , राजीव डिम्डुङ लगाएतका नेताहरू उपस्थित थियो । राष्ट्रको लागि खेलकुद , स्वास्थ्यको लागी खेलकुद भन्ने सोलोगानलाई जसपाले सधैं आत्मासाथ गर्ने भन्दै हरेक ब्यक्तिको स्वास्थ्यका लागि खेलकुदले महत्त्वपूर्ण भुमिका खेलेको र युवाहरू दिनप्रतिदिन कुलतमा लागीरहेको हुँदा खेलकुदमा युवाहरू लाई अगाडी बडाउन सके दुर्ब्यसनीबाट समेत टाढा रहने र आगामी दिनहरुमा पनि यस्तै सहयोग गरि रहने युवा नेता राजु पाख्रीनले बताउनु भयो ।

२१ भाद्र २०७८, सोमबार २२:००  मा प्रकाशित

Write your Comment