जसपाद्वारा हेटौंडा –१५ शिखरपानीका युवा खेलाडीहरुलाई दुई थान फुटबल सहयोग

२२ भाद्र २०७८, मंगलवार २१:४४ प्रकाशित
१७२ पटक पढिएको

मकवानपुर। हेटौडा उपमहानगरपालिका वडा नम्बर -१५ शिखरपानीमा जसपा जनता समाजवादी पार्टी , (जसपा) को वडा कमिटी द्वारा स्थानीय खेलाडीहरुलाई सोमबार र मंगलबार गरि दुई थान फुटबल हस्तान्तरण गरेका छन् । शिखरपानीका नया युवा खेलाडीहरुलाई अहिले फुटबल अति आबस्यक परेकाले आफुहरुले २ थान फुटबल सहयोग गरेको जसपका नेता राजु पाख्रिनले बताउनु भयो। राष्ट्रको लागि खेलकुद , स्वास्थ्यको खेलकुद भन्ने सोलोगानलाई जसपाले सधैं आत्मासाथ गर्ने र आगामी दिनहरुमा खेलाडीहरुलाई आवस्यक पर्ने जर्सी जुत्ता लगायत अरु बिभिन्न खेल सामग्रीहरु पनि हस्तान्तरण गर्ने बताउनु भयो। शिखरपानीमा मात्रै नभएर १५ नम्बर वडा भरिका खेलाडीहरुलाई सहयोग गर्ने उहाले नेपालीको समाचार संग भन्नु भयो उक्त फुटबल हस्तान्तरण गर्ने कार्यक्रममा जसपा १५ नम्बर वडा इकाई कमिटि समाजवादीका अध्यक्ष हरि रुम्बा,उपा ध्यक्ष राजु पाख्रीन जिल्ला नेता मान बहादुर थाेकर, समाजसेवी युवाहरूकाे ढुकढुकी पर्वत स्याङबाे लगायतका उपस्थिति रहेको थियो।

२२ भाद्र २०७८, मंगलवार २१:४४  मा प्रकाशित

Write your Comment