एमसीसी उपाध्यक्ष फतिमा र ओलीको पहिलो भेट

२४ भाद्र २०७८, बिहीबार १४:१७ प्रकाशित
१४० पटक पढिएको

मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकी छन् ।
आज बिहीबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएकी सुमारले दिउँसोदेखि भेटघाट थालेकी हुन् ।उनले ओलीलाई भेट्न सुमार दिउँसो ओली निवास बालकोट पुगेकी हुन् । उनीसँगै एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन् ।
एमसिसीबारे विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला सुमार नेपालका राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न काठमाडौं आइपुगेकी हुन्। उनले सत्तारूढ दलका नेताहरूलाई पनि भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग उनको भेट शुक्रबारका लागि तय भएको देउवाको सचिवालयले जनाएको छ ।
एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले नेपाल भ्रमणमा आएका एमसिसी पदाधिकारीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

२४ भाद्र २०७८, बिहीबार १४:१७  मा प्रकाशित

Write your Comment