नेकपा एमालेका सुनिल मोक्तानले गरे हेटौडा -१५ का खेलाडीहरुलाई ३२ थान जर्सी सहयोग

५ आश्विन २०७८, मंगलवार १८:०७ प्रकाशित
४४१ पटक पढिएको

मकवानपुर।नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडा १५ का युवा खेलाडीहरुलाई फुटबल जर्सी सहयोग गरेका छन्।

युवा संघका जिल्ला इन्चार्ज समेत रेहका मोक्तानले मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ अन्तर्गत पर्ने सानोसुकौली टोल विकास संस्था सुकौलीर परिश्रमि टोल विकास संस्था फारलाइनका युवा फुटबल खेलाडीहरुलाई ३२ थान फुटबल जर्सी सहयोग गरेका हुन्।
हेटौंडा १५ का स्थानीय युवाहरुको स्वास्थ्य एवम् खेल क्षेत्रको विकासमा थोरै भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले आफुले व्यक्तिगत ४२ हजार बराबर रकमको जर्सी सहयोग गरिएको उनले बताए । मोक्तान ले यो भन्दा पहिला पनि हेटौंडा–१५ को पनेश टोल विकास संस्था,ठूलो सुकौली टोल विकास संस्थाका खेलाडीहरु लगायत अन्य खेलाडीहरुलाई पनि आफ्नो व्यक्तिगत रुपमा जर्सी लगायत खेल सामग्रीहरु सहयोग गरेका थिए।

५ आश्विन २०७८, मंगलवार १८:०७  मा प्रकाशित

Write your Comment