प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

१३ आश्विन २०७८, बुधबार १७:२७ प्रकाशित
२१० पटक पढिएको

मकवानपुर।प्रधानमन्त्री देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड बुधबार प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् ।
माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गरेका छन् । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बसेको छ ।
प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

१३ आश्विन २०७८, बुधबार १७:२७  मा प्रकाशित

Write your Comment