रेडियो सरोबरद्धारा बनकरीयालाई दशैंको लागी पाडो सहयोग

२५ आश्विन २०७८, सोमबार ०७:३७ प्रकाशित
३९६ पटक पढिएको

हेटौंडा ।हेटौडामा सन्चालित रेडियो सरोबरले नेपालकै लोपोन्मुख बनकरिया समुदायलाई दशैं मनाउन पाडो सहयोग गरेको छ । मकवानपुर जिल्ला मनहरी -४ ट्वाङग्रामा रहेको बनकरिया बस्तीमा पुगेर रेडियोका सञ्चालक एवं स्टेशन म्यानेजर राजु शाश्वत लामिछानेले पाडो सहयोग गर्नुभएको हो ।
यसैगरी,समाजसेवी राजेन्द्र सिम्खडा र सुरेन्द्र भट्टराईले बनकरिया समुदायलाई चिउरा र मसला सहयोग गर्नुभएको छ । बनकरिया बस्तीमा दशैं मनाउन समस्या भएको जानकारी आएपछि सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्धेश्यले सहयोग गरिएको रेडियोका स्टेशन म्यानेजर लामिछाने बताउनुभयो ।
दशैं मनाउन मासु र चिउरा पाएपछि अगुवा सन्तमाया बनकरियाले खुशी व्यक्त गर्नुभयो । उहाँले बनकरिया बस्तीमा दशैं छाउने बताउनुभयो ।











२५ आश्विन २०७८, सोमबार ०७:३७  मा प्रकाशित

Write your Comment