इन्द्रमान आत्मा हेटौडा।हेटौडा-१५ शिखरपानी स्थित चुरियामाई स्कुल टोलले आयोजना गरेको ९ ए साईड फुटबल प्रतियोगितामा शिखरपानी ह्याङ्ला टोल विकास अन्तर्गतका चार भाई टोल प्रथम भएको छ। त्यसैगरि एफसी गोर्खाली टिम दोस्रो,तिन भाई टोल तेस्रो र पण्डित चोक चौथो भएको हो।राष्ट्रको लागी खेल स्वास्थ्यको लागी खेल भन्ने मूल नाराका साथ नेपालीहरुको महान चार्ड शुभ विजया दशमीको अवसर पारेर असोज १४ गते देखि सुरु भएको प्रतियोगितामा १५ नम्बर वडाका १० टिमको सहभागिता रहेको थियो।आज भएको फाइनल खेल प्रमुख अतिथि नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा श्री चुरियामाई मा वि का अध्यक्ष सुनिल मोक्तान,विशिष्ट अतिथि बुद्द दर्शन टोल विकासका अध्यक्ष सिताराम पाख्रिन र मदन कुमार मुक्तानको सभा अध्यक्षतामा सम्पन्न भएको थियो। निर्धारीत समय सम्म पनि खेल बराबर भएपछी खेल ट्राइबेकरमा धकेलीएको थियो भने ट्राइबेकरमा १ को विरुद्द ३ गोल गर्दै चार भाई टोल प्रथम भएको हो।खेल जिल्ला एनफा रेफ्री आलोक स्याङतान र खेलको प्रमुख अतिथि सुनिल मोक्तानले प्रतियोगिताका जिल्ला एन्फा रेफ्री राजकुमार गोलेलाई बल हस्तान्तरण गर्दै सुरु गरेको थियो।प्रतियोगितामा प्रथमले खसी,दोस्रोले बोका,तेस्रोले पठ्याङ्ग्री र चौथो टिमले कुखुरा भाले सहित मेडल पुरस्कार पाएका छन् र उत्कृष्ट खेल खेल्दै एफसी गोर्खाली टिम जर्सी नम्बर १० का मिलन स्याङ्बोले रु पाच हजार नगद हासिल गरे। चुरियामाई स्कुल टोलले आयोजना गरेको ९ ए साईड फुटबल प्रतियोगितामा प्रथम पुरस्कार सुनिल मोक्तानले,दोर्सो पुरस्कार सिताराम पाख्रिनले तेस्रो पुरस्कार बसन्त स्याङ्तान ले र चौथो पुरस्कार सना पाख्रिनले सौजन्य गरेका थिए।आज भएको फाइनल प्रतियोगितामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा श्री चुरियामाई मा वि का अध्यक्ष सुनिल मोक्तान लगायत बिभिन्न टोल विकासका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।