हेटौडा -१५ शिखरपानीमा विभिन्न पार्टी परित्याग गरि ४५ जना जसपा प्रवेश

२८ आश्विन २०७८, बिहीबार २०:५२ प्रकाशित
४६७ पटक पढिएको

मकवानपुर।हेटौडा उपमहानगरपालिका वडा नम्बर -१५ शिखरपानीमा आज बिभिन्न पार्टी परित्याग गरि ४५ जना जसपामा प्रवेश गरेका छन्।जसपा हेटौडा-१५ नम्बर वडा कमिटिले आयोजना गरेको विभिन्न राष्ट्रिय चार्ड पर्वहरुको शुभ अवसरमा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा ह्याङ्ला टोल विकासका सचिव मिजार मुक्तान सहित ४५ जना जसपामा प्रवेश गरेको हो।१५ नम्बर वडा कमिटि अध्यक्ष हरि रुम्बाको अध्यक्षता,जुझारु एवम पार्टीका प्रभावसाली युवा नेता शुभ रत्न गोलेको प्रमुख अतिथ्यता र हरि सिं रुम्बाको विशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका युवा नेता शुभ रत्नले भने हामी संघियता सुशासन् समृध्दी र समुन्नतका लागी सधै लड्ने छौ,दशैमा लामो समय सम्म कार्यालयहरु बिदा हुन्छन तर राई लिम्बु थारु तामाङ आदिले मानिने चार्डमा एक दिन पनि छुट्टी मिलाउन गारो हुन्छ यस्तो किन बिवेद गरियो?दशैं तिहारको बेलामा हरेक कम्पनीका फोनहरुमा माल श्री धुन १५ दिन अगाडी देखि नै बजेको हुन्छ हाम्रो लोछारमा किन तामाङ सेलोको धुन बज्दैन ?हामीलाई सधै थिचो मिचो गरेर सोझा सिधा जनतालाई उल्लो बनाउने काम अहिलेको सरकारले गरि रहेको आरोप समेत लगाउनुभयो। त्यसै गरि कार्यक्रममा जिल्ला नेता जीवनमान मोक्तान,नवराज मोक्तान,हरि सिङ रुम्बा,मोहन वाइबा,मान बहादुर थोकर,राम बहादुर थिङ (दिलजले)
राजिव डिम्डुङ,सुबोध घालान,राजु पाख्रिन,देवराज स्याङतान,युनिष सिङ्तान लगायतले आउदै गरेको विभिन्न राष्ट्रिय पर्वहरुको शुभकामना मन्तब्य राखेका थिए। आज बिहिबार भएको जसपा पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला नेता शुभ रत्न गोले,जीवन मान मोक्तान,नवराज मोक्तान,हरि सिङ् रुम्बा,मोहन वाइबा,युनिष सिङ्तान,सुबोध घलान,मान बहादुर थोकर,राजीव डिम्डुङ,राम बहादुर थिङ (दिलजले) देवराज स्याङतान राजु पाख्रिन,पर्वत स्याङबो,नवराज मोक्तान मोहन वाइबा,मकवानपुर जिल्ला पुर्व उपसभापति भानु बिडारी समेतको उपस्थिति रहेको थियो भने कार्यक्रम्म पर्वत स्याङबोले संचालन गरेका थिए।

full wp-image-1491″ />










२८ आश्विन २०७८, बिहीबार २०:५२  मा प्रकाशित

Write your Comment