हेटौडा -१५ मा नेकपा समाजवादीको शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेला सम्पन्न

१४ कार्तिक २०७८, आईतवार १६:०७ प्रकाशित
४३७ पटक पढिएको

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी समाजवादीले शनिबार शुभकामना आदानप्रदान तथा वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
हेटौडा -१५ मा भएको भेलाले दिपेश थिङको अध्यक्षतामा ३५ सदस्यीय पार्टी वडा कमिटी र सोन लोको अध्यक्षतामा २१ सदस्यीय युवा संघ नेपालको वडा कमिटी चयन गरिएको छ ।

थिङको अध्यक्षतामा गठन भएको पार्टी वडा कमिटीको उपाध्यक्षमा बिक्रम दोङ, सचिवमा बिक्रम थिङ, उपसचिवमा अनुजा प्रजा, सदस्यहरुमा धन बहादुर पाख्रीन, जय बहादुर प्रजा, धनराज थिङ, चेत बहादुर लोप्चन, शुकराम थिङ, सन्जु थिङ, चन्द्र बहादुर घलान लगायत चयन भएका छन ।
यसैगरि, सोन लोको अध्यक्षतामा गठन भएको युवा संघ नेपालको उपाध्यक्षमा जिवन थिङ, सचिवमा आयुश वाईबा, सहसचिवमा विवेक गोले, सदस्यहरुमा हरि बहादुर वाईबा, किशन वाईबा, विकेश स्याङ्तान, संजय थिङ लगायत चयन भएका छन ।
कार्यक्रममा नेकपा (एस)का केन्द्रीय पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रिय सदस्य, मकवानपुर जिल्ला सह इन्चार्ज तथा बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक मुनु सिग्देलको विशेष आतिथ्यता रहेको थियो ।
पार्टी जिल्ला कमिटी सदस्य दिपेश थिङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य प्रेम बहादुर भोम्जनले स्वागत मन्तव्य राखेका थिए ।
यसैगरि, कार्यक्रममा तामाङ जातिको पुरोहित बोन्पोको नृत्य तथा बाल कलाकारहरुको नृत्य समेत प्रदर्शन गरिएको थियो । साथै पुरानो कम्युनिस्ट नेतृहरु ज्ञानिमाया भोलन र देउमाया लामालाई खादा ओडाएर सम्मान गरिएको थियो ।
अनेरास्ववियु केन्द्रिय सदस्य कुमार रुम्बाले सञ्चालन गरेको कार्यक्रममा बागमती प्रदेश कमिटीका सदस्यहरु यादवराज गजुरेल, बाबुराम पाठक, जिल्ला कमिटी अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष मिना कुमारी लामा, जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रेम बहादुर भोम्जन, देबेन्द्र कोइराला, पार्टी जिल्ला कमिटी सदस्यहरु अर्जुन पोखरेल, कल्पना बि.क, तारा लामा, सुकराम केसि, युवा सङ्घ नेपाल केन्द्रीय कमिटी सचिवालय सदस्य कबिन पन्त, युवा संघ नेपाल जिल्ला अध्यक्ष किरणमान बल, पार्टी नगर कमिटि अध्यक्ष ध्रुब कुमार भुजेल, सचिव गिरिजा अधिकारी, युवा संघ नेपाल जिल्ला उपाध्यक्ष सफल अधिकारी पार्टी नगर कमिटि सदस्य राम ब.गोङ्बा, नेपाली काङ्ग्रेस वडा कमिटी सचिव इन्द्रलाल भोलन लगायतको आतिथ्यता रहेको थियो ।











१४ कार्तिक २०७८, आईतवार १६:०७  मा प्रकाशित

Write your Comment