हेटौडा -१५ शिखरपानीमा आज र भोली स्लो बाईक रेस प्रतियोगिता हुदै

१७ कार्तिक २०७८, बुधबार १५:५२ प्रकाशित
७१४ पटक पढिएको

मकवानपुर। हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ शिखरपानीमा स्लो बाईक रेस प्रतियोगीता आज १७ गते देखि भैरहेकोछ। शिखरपानीमा बुध्द दर्शन टोल विकास सस्थाले शुभ दिपावली तथा छठपर्व २०७८ को अवसर पारेर आयोजना गरेको स्लो बाईक रेस प्रतियोगिता आज सुरु भई भोलि१८ गते सकिने टोल विकासका अध्यक्ष सिताराम पाख्रिनले जानकारी दिए। ५० मिटरको दुरीमा जसले बाईक स्लो चलाएर समय धेरै लिन सकिन्छ सोहि व्यक्ति प्रथम हुने आयोजक टिमका शंकर स्याङ्बोले बताए।
प्रतियोगितामा शिखरपानी पदमपोखरी,जाते,भोर्ले गौरिटार,चिसापानी,हटिया जरुङ लगायतका बाईक चालकहरुले सहभागिता लिएका छन। अझै भोली सम्म प्रतियोगीता जारी रहने भएकाले इच्छुक बाईक चालकहरुले नाम दर्ता गर्न सकिने आयोजक टिमका स्याम रुम्बाले बताए । प्रतियोगितामा प्रथमले नगद रु दश हजार दितिय हुनेले रु सात हजार र तृतीय हुनेले रु तिन हजार पुरस्कार प्राप्त गर्नेछन।












१७ कार्तिक २०७८, बुधबार १५:५२  मा प्रकाशित

Write your Comment