शिखरपानीमा भएको स्लो बाईक रेस प्रतियोगितामा मिलन पाख्रिन प्रथम,सुरज पान्डे द्वितीय र दिनेश पाख्रिन तृतीय

१९ कार्तिक २०७८, शुक्रबार १६:४० प्रकाशित
३४० पटक पढिएको

मकवानपुर। हेटौडा उपमहानगरपालिका वडा नम्बर-१५ शिखरपानिमा बुध्द दर्शन टोल विकास सस्थाले आयोजना गरेको स्लो बाईक रेस प्रतियोगितामा हेटौडा -१६ जरुङ निवासी मिलन पाख्रिन प्रथम,हटिया निवासी सुरज पाण्डे द्वितीय,र हेटौडा -१५ शिखरपानी निवासी दिनेश पाख्रिन तृतीय भएका छन। तृतीय हुने दिनेश पाख्रिनले प्रतियोगितामा ५० मिटरको दुरीमा आफ्नो स्कुटर स्लो चलाउदै २ मिनेट ५ सेकेन्डमा पार गरे त्यसै गरे। द्वितीय हुने सुरज पाण्डेले आफ्नो २२० सिसि पल्सर बाईक ३ मिनेट ५४ सेकेण्डमा र प्रथम हुने मिलन पाख्रिनले ४ मिनेट ५ सेकेण्डमा आफ्नो स्कुटर ५० मिटरको दुरी स्लो चलाएर पार गर्दै प्रथम भएको हो।
शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर बुध्द दर्शन टोल विकास सस्थाले आयोजना गरेको र आगामी दिपावलीमा पनि यस्तै प्रतियोगिता ल्याउने टोल विकासका अध्यक्ष श्री सिताराम पाख्रिनले बताउनु भयो। कार्तिक १७ गते देखि सुचारु भएको उक्त प्रतियोगिता १८ गते सम्पन्न भएको थियो। प्रतियोगितामा प्रथम हुने मिलन ले नगद रु १० हजार द्वितीय हुने सुरजले ७ हजार र तृतीय हुने दिनेश पाख्रिनले नगद रु ३ हजार पुरस्कार प्राप्त गरे। उक्त प्रतियोगितामा १०५ जना बाईक तथा स्कुटर चालकहरुले सहभागिता जनाएका थिए।












१९ कार्तिक २०७८, शुक्रबार १६:४०  मा प्रकाशित

Write your Comment