हेटौडा – १५ कर्णेखोला घट्टेदमारका ५१ जना विभिन्न पार्टी परित्याग गरि जसपा पार्टी प्रवेश

६ मंसिर २०७८, सोमबार १८:०० प्रकाशित
२५८ पटक पढिएको

मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका –१५ कर्णेखोला घट्टेदमारका ५१ जना विभिन्न पार्टी परित्याग गर्दै आइतबार जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । आफुहरु पहिला अरु बिभिन्न पार्टीमा लागे पनि जसपाले लिएको एजेण्डाहरु मन परेकाले आफूहरु सो पार्टीमा प्रवेश गरेको उनीहरुले बताए ।
त्यसैगरी जसपाको स्थानीय विशाल वाईबाको अध्यक्षतामा प्रगतिशील टोल कमिटि गठन भएको छ । प्रगतिशील टोल कमिटि गठनमा उपाध्यक्षमा कृष्णबहादुर गोङबा, सचिव केशव थिङ, कोषाध्यक्ष नानीमाया थिङ चयन भएका छन् ।
सदस्यहरुमा चेतरत्न पाख्रिन, विरबहादुर थिङ, प्रिय लुङबा, अमित थिङ, चरिबहादुर भ्लोन, बिमला स्याङतान, मिना गोङबा लगायत १५ सदस्यीय कमिटि गठन भएको हो ।
वडा कमिटि अध्यक्ष हरि रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सोविन थिङ, निवर्तमान केन्द्रीय सदस्य उमेश तामाङ, ललितपुर जिल्ला अध्यक्ष निरज गौतम, मकवानपुर जिल्ला सदस्य रामबहादुर थिङ (दिलजले) प्रगतिशील टोल विकासका सचिव शान्ति घलान, कोषाध्यक्ष नानीमाया थिङ, चिसाखोल्सा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर गोङबा लगायतको आतिथ्यता रहेको थियो ।

६ मंसिर २०७८, सोमबार १८:००  मा प्रकाशित

Write your Comment