मलामी बस दुर्घटनामा मृत्यु हुने चार जनाको पहिचान खुल्यो

१८ पुष २०७८, आईतवार १५:५७ प्रकाशित
११८ पटक पढिएको

दाहसंस्कारको लागि बुटवलबाट मलामी लिएर गएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये चार जनाको पहिचान खुलेको छ।
बुटवल-१७ रानीगञ्जका बीरबहादुर बिकको शव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा मलामी चढेको बस दुर्घटनामा परेको हो।
३६ जना मलामी बोकेर गएको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका-२ लगुवामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुने सात जनामध्ये चार जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार मृत्यु हुनेमा रानीगञ्जका २४ वर्षीय भोजेन्द्र विक, लालबहादुर विक, पशुपति रसाइली र विजय थापा छन्। बाँकी मृतकको सनाखत हुन सकेको छैन।
दुर्घटनामा परी घाइते हुनेको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको मरेङबाट केही वर्षअघि बुटवलमा बसाइसराइ गरेको विक परिवार बुटवल बुद्धनगरमा पसल चलाउँदै आएका थिए।
स्थानीयका अनुसार विरबहादुरका ६ भाइ छोरामध्ये एक जनाको मृत्यु भइसकेको छ। ५ जना दाहसंस्कारको लागि गएका थिए। यस्तै मलामी गएकामध्ये तीन जना अझै फेला नपरेको प्रहरीले जनाएको छ।setopati bata savar

१८ पुष २०७८, आईतवार १५:५७  मा प्रकाशित

यो पनि पढ्नुहोस:

कति छ आज सुन चाँदीको भाउ ?

Write your Comment