कति छ आज सुन चाँदीको भाउ ?

२३ पुष २०७८, शुक्रबार १३:२३ प्रकाशित
७४ पटक पढिएको

२३ पुस,मकवानपुर। शुक्रबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो । त्यस्तै तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार तीन सय र तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ तोकिएको छ ।

२३ पुष २०७८, शुक्रबार १३:२३  मा प्रकाशित

Write your Comment