मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट तथा सार्वजनिकस्थलमा प्रवेश निषेध गरिने भएको छ । कोरोना भाइरसको तेस्रो भेरियन्ट तीव्र गतिमा फैलिएकोले सुरक्षा मापदण्डको थप व्यवस्था गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो व्यवस्था गरेको हो।
बुधबार सुरक्षा मापदण्डको थप निर्देशन जारी गर्दै कार्यालयले होटल, रेष्टुरेन्टमा सिमित व्यक्तिलाई मात्र राखेर कम्तिमा दुई मिटरको सामाजिक दूरीमा सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ । होटलमा मास्क तथा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न र मास्क नलगाउनेलाई प्रवेश निषेध गर्न समेत मन्त्रालयले भनेको छ ।
यदि कसैले मास्क नलगाई आएमा त्यस्ता व्यक्तिलाई पाँच रुपैयाँ सम्ममा मास्क उपलब्ध गराउन समेत सम्बन्धित संस्था तथा होटललाई मन्त्रिपरिषद कार्यालयले अनुरोध गरेको छ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)