देशको केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना

६ माघ २०७८, बिहीबार ०९:३० प्रकाशित
२३९ पटक पढिएको

आज देशको पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
बिहीबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
शुक्रबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

















६ माघ २०७८, बिहीबार ०९:३०  मा प्रकाशित

Write your Comment