मकवानपुर । नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले बागमती प्रदेशमा सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिन माग गरेको छ ।नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले बुधबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई एक ज्ञापन पत्र बुझाउँदै बिदाको माग गरिएको हो । बागमती प्रदेशमा सोनाम ल्होछारलाई मुख्य पर्वको रुपमा मनाउने तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको र यस समुदायले ५ दिनसम्म यो पर्व मनाइने प्रचलन रहेकाले कम्तीमा ३ दिन सार्वजनिक बिदाको माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझाउने क्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, संघीय कमिटि सदस्य सुनिल मोक्तान, बागमती प्रदेश कमिटिका अध्यक्ष लिलाकुमार घलान, निवर्तमान अध्यक्ष सोमबले तामाङ, लगायतको उपस्थिति थियो भने मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश मन्त्रिपरिषदमा उक्त विषय बारे छलफल गरि निर्णय गरिने प्रतिकृया दिएका छन ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)