देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ ।
मंगलबार पनि प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधबार भने सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)