हेटौडा -१५ र १६ वडामा ह्याङला रुम्बा समाज गठन

५ चैत्र २०७८, शनिबार २२:३८ प्रकाशित
३४५ पटक पढिएको

मकवानपुर।हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१५ र १६ अन्तर्गत रुम्बा बंशहरुको “ह्याङला रुम्बा समाज” गठन गरिएको छ। तामाङ जातिमा पर्ने रुम्बा बंशहरुको समाज गठन भएको हो । शनिबार भएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर – १५ र १६ दुबै वडाका रुम्बा समुदायको एक भेलाले हरि रुम्बाको नेतृत्वमा समाज गठन गरिएको हो।समाजले रुम्बा वंशभित्रको आफ्नो संस्कार, परम्परा को संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनकालागि सेवामूलक कार्य गरिने,आफ्नो बंश र समाजको हित हुने,कार्यहरु गरिने अहिलेको पछिल्लो समयमा आफ्नै बंश भित्रका आफन्तहरु पनि चिन्न गाह्रो भएको साथै वंशभित्रको आफ्नो संस्कार, परम्परा पनि बिस्तारै बिर्सिदै गएकोले आफ्नो संस्कार, परम्परा जोगाउन र रुम्बा रुम्बाको बिचको दुरी नजिक बनाउने काममा यो समाजले टेवा पुग्ने छ भनेर हामीले यो “ह्याङला रुम्बा समाज” गठन गरेको हो अध्यक्षले भने। जिल्ला भरिको रुम्बाहरु एकसाथ अगाडी बढ्न पनि उनले आग्रह गरे। हातमा हात र काधमा काध मिलेर हामी रुम्बाहरु अगाडी बढ्यौ भने हामीले हरेक किसिममा कार्यक्रमहरु गरेर रुम्बा बंशभित्रका कोहि व्यक्तिलाइ वा टोल छिमेकमा अचानक केहि समस्या आइपरेमा सहयोग समेत गर्न सकिने कुरा अध्यक्षले व्यक्त गरे ।
समाज गठन कार्यक्रममा अध्यक्ष हरि रुम्बा सदस्यहरुमा जोग माया रुम्बा, कुमारी रुम्बा, श्याम रुम्बा, धनबहादुर रुम्बा, मनोज रुम्बा देवी रुम्बा,चयन भएका छन् ।

५ चैत्र २०७८, शनिबार २२:३८  मा प्रकाशित

Write your Comment