मानव अंगसहित एक भारतीय नागरिक पक्राउ

३० चैत्र २०७८, बुधबार २२:३६ प्रकाशित
१९५ पटक पढिएको

विराटनगरबाट एक भारतीय नागरिकलाई प्रहरीले मानव अंगसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको प्रहरी टोलीले भारत बिहार प्रदेश पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हालाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औँलाको हड्डी र कुरकुच्चाको हड्डी गरी ४६ वटा मानव अंग बरामद गरेको छ ।
उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमामा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनले भारतका संग्रहालयमा बिक्रीका लागि लान लागेको आशंका गरेको छ । पक्राउ परेका सिन्हाले भने आफूलाई मानव अंग ओसार पसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन् । उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताए । उनले आफू हाल एमबिबिएसको अन्तिम परीक्षा दिएर इन्टर्नशीपमा रहेको बताएका छन् ।



























३० चैत्र २०७८, बुधबार २२:३६  मा प्रकाशित

Write your Comment