मकवानपुरगढी गाउँपालिका -२ का वडा अध्यक्षद्वारा सुविधाको सवारी साधन फिर्ता

८ बैशाख २०७९, बिहीबार १०:०३ प्रकाशित
१६० पटक पढिएको

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखान सिह पाख्रिनले आफुले प्रयोग गर्दै आएको सवारि साधन फिर्ता गर्नु भएको छ ।

वडा अध्यक्ष पाख्रिनले प्रयोग गर्दै आउनु ना १ ब ३३०६ नंबरको मोटरसाईकलको चाबी बुधबार मकवानपुरगढी गाँउपालिकाका सचिवलाई बुझाएका हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको क्रममा लागू भएको आचारसंहितालाई ध्यानमा राखेर आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन कार्यालयलाई बुझाएको वडा अध्यक्ष पाख्रिनले बताउनु भयो ।

मकवानपुरगढी २ बाट बर्तमान वडा अध्यक्ष पाख्रिन नेपाली काग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार समेत रहेका छन् । काग्रेस मकवानपुरगढीले आउँदो बैशाख ३० गते हुने निर्वाचनमा वडा अध्यक्षको लागि पाख्रिनलाई सर्वसम्मत गरिसकेको छ ।





























८ बैशाख २०७९, बिहीबार १०:०३  मा प्रकाशित

Write your Comment