हेटौडा-१३ मा ३ दलबीच गठबन्धन,अध्यक्षमा कांग्रेसबाट आईमानको उम्मेदवारी दर्ता

१२ बैशाख २०७९, सोमबार २१:५४ प्रकाशित
३४६ पटक पढिएको

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा ३ दलबीच गठबन्धन भएको छ ।
नेपाली कांग्रेस एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच गठबन्धन भएको हो ।
नेपाली कांग्रेसका आइमान सिंह मुक्तानले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सदस्यमा जनता समाजवादी पार्टीबाट उत्तम गोम्जा र रञ्जु गोम्जाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभयो भने नेकपा एकीकृत समाजवादीबाट धावा लामा र दलित महिला सदस्यमा सानुमाया नेपालीको सहितको उम्मेदवार तय गरि निर्वाचनमा होमिने भएकोछ।

यस वडामा नेकपा माओवादी केन्द्रका तर्फबाट छुट्टै उम्मेदवारी परेको छ । भोलिबाट नै हेटौडा-१३ पदमपोखरी चोकमा संयुक्तरुपमा निर्वाचन प्रचार-प्रसार कार्यालय सथापना गरि निर्वाचनको प्रचार प्रसारमा लागि पर्ने जसपा संघीय परिषद सदस्य शुभरत्न गोले तामाङले जानकारी दिनु भयो।




























१२ बैशाख २०७९, सोमबार २१:५४  मा प्रकाशित

Write your Comment