हेटौंडा -१५ शिखरपानीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गयो

२६ बैशाख २०७९, सोमबार २२:३७ प्रकाशित
१३३४ पटक पढिएको

मकवानपुर।हेटौडा उपमहानगरपालिका-१५ शिखरपानीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ।आज सोमबार साँझ पख छिमेकी टोलमा विवाहको निम्तो मानेर आउँदै गर्दा बाटोमा अन्दाजी ६० वर्षीया मनमाया पाख्रिनलाई ना ४६ प २२७७ नम्बरको मोटरसाईकलले ठक्कर दिएको हो।गम्भीर घाईते भई उपचारको लागी चुरेहिल हस्पिटल हेटौडा लैजाँदै गर्दा पाख्रिनको मृत्यु भएको मृतकको जेठो छोरा सिताराम पाख्रिनले बताउनु भयो। मोटरसाईंकल चालक फरार रहेको र ठक्कर दिएको मटरसाईकल इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएकोछ।

२६ बैशाख २०७९, सोमबार २२:३७  मा प्रकाशित

Write your Comment